![](https://1.bp.blogspot.com/-bNNmm1BmUxY/YD4cuAlGZVI/AAAAAAAAMHE/DQJl1wmWecEqfqNUBG30YWTVkvzhVmBnQCNcBGAsYHQ/s16000/Nepse%2BGoes%2BDown.png)
ज्ञानमाण्डू।धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३९ दशमलव २३ अंकले घटेर २४१६ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ७ दशमलव १२ अंकले घटेर ४३६ दशमलव ८० को विन्दुमा पुगेको छ ।
![](https://1.bp.blogspot.com/-DdG9LJe5Nsg/YD9bVz3g9fI/AAAAAAAAMJ0/kHtlyhQX5r8aTqfi5T3Tx-YD_gDIqjzaQCNcBGAsYHQ/s16000/Screen%2BShot%2B2021-03-03%2Bat%2B15.32.33.png)
आज कूल २१२ कम्पनीका १ करोड १३ लाख ९२ हजार १३५ कित्ता शेयर रु ६ अर्ब २५ करोड ४८ लाख ९ हजार ४४२ मा खरिद बिक्री भए ।
कारोवार भएका कूल १३ मध्ये मात्र २ उपसमूहको शेयर वृद्धि भएको छ । बैंकिङ १७ दशमलव ३ अङ्कले घट्दा विकास बैंक ३२.६८ अङ्कले, जलविद्युत् २०.३२ , वित्त १२.३२ , निर्जीवन बीमा १६७.८८, उत्पादन ८७.५८, अन्य ८४.३५, लघुवित्त ५६.४३, जीवन बीमा ४५२.५३, सामूहिक लागनी कोष ०.१३ र लगानी उपसमूह २ दशमलव २६ अङ्कले घटेका छन् । त्यस्तै, यता ट्रेडिङ उपसमूह ३०६ दशमलव ५४ अङ्कले बड्दा होटल तथा पर्यटन उ पसमूह ३५ दशमलव १७ अङ्कले बढेको छ ।
![](https://1.bp.blogspot.com/-O5LOziCAQRU/YD9bcp4LozI/AAAAAAAAMJ4/85v9L5J4wPMQ7-OVLxTnWkQnwSK6M21zwCNcBGAsYHQ/s16000/Screen%2BShot%2B2021-03-03%2Bat%2B15.32.51.png)