
ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मंगलबार चैत १७ गते, मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको जानकारी दिएको छ। नेप्सेले मंगलबार मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर पछिको भाउ समायोजन गरेको जानकारी दिएको छ।

नेप्सेले मंगलबार मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको १२ प्रतिशत बोनस शेयर पछिको भाउ समायोजन गरेको हो। शेयरमूल्य समायोजन पश्चात मिथिला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य एक हजार ६ सय ४२ रुपैयाँ निर्धारण भएको छ।
सोही मूल्यलाई आधार मानेर मंगलबार मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार खुला हुनेछ । नेप्सेले लघुवित्तको अघिल्लो कारोबारी दिन अर्थात सोमबारको अन्तिम कारोबार मूल्य धितोपत्र बजारमा प्रतिकित्ता एक हजार ८ सय ३९ रुपैयाँका आधारमा भाउ समायोजन गरेको हो ।