ज्ञानमाण्डू।धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ९० दशमलव ६७ अंकले बढेर २५०६ दशमलव ६८ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक १४ दशमलव ६७ अंकले बढेर ४५१ दशमलव ४६ को विन्दुमा पुगेको छ ।
आज कूल २०६ कम्पनीका १ करोड ६६ लाख २२ हजार ७६३ कित्ता शेयर रु ६ अर्ब ५ करोड ८१ लाख ४ हजार ३१७ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ मध्ये अधिकांस उपसमूहको शेयर वृद्धि भएको छ । बैंकिङ उपसमूह ५२ दशमलव ०४ अङ्कले बड्दा ट्रेडिङ उपसमूह २५६.७१ अङ्कले, होटल तथा पर्यटन ६४.८७ अङ्कले, विकास बैंक ६१.९९ अङ्कले, जलविद्युत् ९१.१९ अङ्कले, वित्त ३१.०१ अङ्कले, निर्जीवन बीमा ३२४.४६ अङ्कले, उत्पादन १९०.६८ अङ्कले, अन्य उपसमूह १०३.८७ अङ्कले, लघुवित्त २०९.०६ अङ्कले, जीवन बीमा ५१७.९५ अङ्कले, सामूहिक लागनी कोष शुन्य दशमलव ०२ अङ्कले र लगानी उपसमूह ४ दशमलव ९१ अङ्कले बढेका छन् ।