ज्ञानमाण्डू।१३ औँ दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला १० हजार मिटर दौडमा नेपालकी धाविका सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छिन् । साग इतिहासमा नेपाली एथलेटिक्स महिला खेलाडीले जितेको यो पहिलो स्वर्ण पदक हो ।
सन्तोषीले भारतकी कविता यादवलाई पछि पार्दै ३५ मिनेट ७ ।९४ सेकेन्डमा निर्धारित दुरी पूरा गर्दै स्वर्ण हासिल गरेकी हुन् ।