ज्ञानमाण्डू। विदेश स्थित रेमिटान्स कम्पनी GCC Exchange र जि.एम.इ रेमिट प्रा.लि बिच विप्रेषण सम्झौता भई कारोबार सुरु भएको छ ।
अब युएईमा रहेको GCC Exchange को ५ ओटा शाखाहरुका साथै बेलायत, यूरोप र अन्य देशहरुमा रहनु भएका नेपालीहरुले GCC Exchange को सेवा प्रयोग गरी जि.एम.इ रेमिटको माध्यमबाट सजिलै सँग नेपालमा रहेका आफ्ना आफन्तहरुलाई पैसा पठाउन सकिनेछ ।
नेपालमा जि.एम.इ रेमिट सँग आबद्ध १५,००० भन्दा बढी एजेन्टहरुबाट GCC Exchange मार्फत पठाएको रकम सजिलै भुक्तानी लिन सकिने र सहि समयमा नेपालको जुनसुकै बैंकको खातामा जम्मा भई तुरुन्तै रकम झिक्न मिल्ले ब्यवस्था रहेकोछ । साथै मोबाईल वालेटमा समेत
लोड गर्न सकिने सुविधा उपलब्ध छ ।
उक्त सम्झौतामा जि.एम.इ रेमिट प्रा.लि को तर्फबाट प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत श्री दिवाकर पौडेल र GCC Exchange को तर्फबाट संचालक श्री यश राजेशले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।
जि.एम.इ रेमिट प्रा.लि ले आफ्ना ग्राहकहरुलाई निरन्तर सेवा प्रदान गर्दै विप्रेषण क्षेत्रमा छोटो समयमा नै आफ्नो छुट्टै पहिचान बनाई सफलता हाँसिल गर्न सफल भएको छ ।