
ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भदाै २ गते, विहीबारका दिन छापावाला सुनको मूल्य तोलाको ९५ हजार ९ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार ४ रुपैयाँ तोकिएको छ ।

विहीबार सुनको मूल्यमा गिरावट हुँदा चाँदीको मूल्य पनि सामान्य रकमले आेरालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार १ सय ९५ रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबार दिन बुधबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १५ रुपैयाँले घटेको देख्न सकिन्छ ।