
ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साउन २७ गते, बुधबारका दिन छापावाला सुनको मूल्य तोलाको ८८ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ३ सय ५० रुपैयाँ तोकिएको छ।

अघिल्लो कारोबारी दिन अर्थात मङ्गलबार साउन २६ गतेका दिन, छापावाला सुन प्रतितोला ८९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ८८ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार सुनको मूल्यमा गिरावट हुँदा चाँदीको मूल्य भने सामान्य रकमले उेरालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार १ सय ९० रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबारी दिन मङ्गलबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार २ सय ०५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १५ रुपैयाँले घटेको देख्न सकिन्छ ।