
ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा शुक्रबार, बैशाख २४ गतेका दिन सुर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्जमा शुक्रबार सुर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कुल १० लाख ७७ हजार ५६९ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

सुर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ५ प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनीहरु माझ वितरण गरेको थियो । सुर्या लाईफ इन्स्योरेन्स कम्पनीको सोहि बोनस शेयर नेप्सेमा शुक्रबार सूचीकृत भएको हो।
शेयरधनीको डिम्याट खातामा आएपछि उक्त बोनस शेयर दोस्रो बजारमा खरिद बिक्री गर्न सकिनेछ ।