
ज्ञानमाण्डू। शेयर बजारका आगामी दिनहरू प्रति उत्साहित भेट्रान तथा अनुभवी लगानीकर्ता अम्बिका प्रसाद पौडेलले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै पुँजी बजारको लागि सुखद सङ्केत आउनुका ५ कारणहरू उल्लेख गर्नुभएको छ।
पौडेलका अनुसार भविष्यमा पुँजी बजारमा सुखद सङ्केत आउनुका कारणहरू :
- बचत तथा मुद्धति खातामा प्रदान गरिने घट्दो ब्याजदर
- बैङ्क तथा वित्तीय संस्थाहरूको प्रत्येक महिना प्रकाशित घट्दो आधार दर
- अन्य क्षेत्रमा फेरी लगानी सङ्कुचन हुनु
- आयातमा फेरी सङ्कुचन आउन सुरु गर्नु
- सूचीकृत कम्पनीको तेस्रो त्रैमासिक रिपोर्ट उत्साहजनक आउनु
उहाँले लगानीकर्तालाई वित्तीय स्थिति र वार्षिक रूपमा प्रदान गर्ने प्रतिफल अनि वर्तमानको मूल्यका आधारमा कम्पनी छनौट गर्न आग्रह पनि गर्नुभएको छ । पौडेलका अनुसार पुँजीगत लाभको हिस्सा अझै धेरै बाँकी देखिन्छ।
