
ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साउन १५ गते, अईतबारका दिन छापावाला सुनको मूल्य तोलाको ९५ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार ३ सय रुपैयाँ तोकिएको छ ।

अईतबार सुनको मूल्यमा वृद्धि हुँदा चाँदीको मूल्य पनि उकालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय ३० रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबारी दिन शुक्रबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार २ सय २० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १० रुपैयाँले बढेको देख्न सकिन्छ ।