
ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शुक्रबार अषाढ १८ गते, नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको जानकारी दिएको छ। नेप्सेले शुक्रबार नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयर पछिको भाउ समायोजन गरेको जानकारी दिएको छ।

नेप्सेले शुक्रबार नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ दशमलव ५० प्रतिशत बोनस शेयर पछिको भाउ समायोजन गरेको हो। शेयरमूल्य समायोजन पश्चात नेको इन्स्योरेन्सको शेयरमूल्य १४२९ रुपैयाँ निर्धारण भएको छ।
सोही मूल्यलाई आधार मानेर अईतबार नेको इन्स्योरेन्सको शेयर कारोबार खुला हुनेछ । नेप्सेले कम्पनीको अघिल्लो कारोबारी दिन अर्थात बिहिबारको अन्तिम कारोबार मूल्य धितोपत्र बजारमा प्रतिकित्ता १ हजार ६५० रुपैयाँका आधारमा भाउ समायोजन गरेको हो ।