
ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंसिर ७ गते, मङ्गलबारका दिन छापावाला सुनको मूल्य तोलाको ९२ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँ तोकिएको छ।
मङ्गलबार सुनको मूल्यमा गिरावट हुँदा चाँदीको मूल्य भने सामान्य रकमले उेरालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय ५५ रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबारी दिन साेमबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १५ रुपैयाँले घटेको देख्न सकिन्छ ।