
ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला दुर्इ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असाेज ४ गते, साेमबारका दिन छापावाला सुनको मूल्य तोलाको ८८ हजार ९ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ४ सय ५० रुपैयाँ तोकिएको छ।

अघिल्लो कारोबारी दिन अर्थात अईतबार असाेज ३ गतेका दिन, छापावाला सुन प्रतितोला ८९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ८८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

साेमबार सुनको मूल्यमा गिरावट हुँदा चाँदीको मूल्य भने सामान्य रकमले उेरालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार १ सय ३५ रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबारी दिन अईतबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १५ रुपैयाँले घटेको देख्न सकिन्छ ।