ज्ञानमाण्डू। मेगा बैंक नेपाल लिमिटेडले डिजिटल ओम्नी च्यानल प्रणालीमा आधारित डिजिटल बैंकिङ्ग सेवा सुरुवात गरेको छ । सम्पूर्ण डिजिटल बैंकिङ्ग सेवाहरू मोबाइल बैंकिङ्ग एप ‘मेगा स्मार्ट बैंकिङ’वा वेब URL https://bankxp.megabank.com.np को माध्यमबाट समेत प्रयोग गर्न मिल्ने जानकारी बैंकले दिएको छ ।
डिजिटल बैंकिङ सेवालाई अझ सरल, सुरक्षित तथा उत्कृष्ट बनाउँदै बैंकमा खाता भएका एवम् नभएका ग्राहकहरूलाई समेत लक्षित गर्दै बिना चेक नगद निकाल्नरपठाउन मोबाइल क्यास जम्मा गर्न मोबाइल भौचर लगायतका सुविधा समेत थप गरेको बैंकले जनाएको छ । साथै, बैंकले समान रूपमा डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले मेगा स्मार्ट बैंकिङ्ग मोबाइल एप पनि स्तरोन्नति गरेको छ ।
मेगा स्मार्ट बैंकिङ्ग मोबाइल एप स्तरोन्नती भएसँगै बैंकका ग्राहकहरूले बैंकका सेवासम्बन्धी जानकारी, आफ्नो खाताको विस्तृत विवरण, मुद्दती खाता खोल्न, कार्ड आवेदन गर्न, रकमान्तर गर्न, क्यूआर कोडमार्फत भुक्तानी गर्न, अनलाइन रकम भुक्तानी गर्न र डिजिटल बैंकिङ सम्बन्धी समस्या परेमा उजुरी दिनसक्ने लगायत सेवाहरुको लाभ लिन सक्ने भएका छन् ।
सैगरी बैंक खाता नभएका प्रयोगकर्ताहरूले आफैँ रजिष्टर गरी अनलाइनबाटै खाता खोल्न पाउनुका साथै बैंकले प्रदान गरिरहेका डिजिटल सेवाहरुको प्रयोग गर्न र जानकारी पाउन सक्नेछन् ।
मेगा बैंकले ल्यायो अत्याधुनिक मोबाइल बैंकिङ सुविधा, यस्ता छन् नयाँ सुविधाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
