ज्ञानमाण्डू। नेपालका लागि दक्षिण कोरियाली अटो निर्माता कम्पनी कियाको अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले सब–कम्प्याक्ट एसयुभी ‘सोनेट’ नेपाली बजारमा भित्र्याइ सोनेटका चार वटा अप्सन एचटिई, एचटिएक्स, एचटिके प्लस एटी र जिटिएक्स प्लसको बिक्री सुरु गरेको छ ।
चार वटा अप्सन मध्य एचटिईकाे बजार मूल्य ३५ लाख ९० हजार रुपैयाँ, एचटिएक्सकाे ४७ लाख ९० हजार रुपैयाँ, एचटिके प्लस एटीकाे ४९ लाख ९० हजार रुपैयाँ र फुल अप्सन जिटिएक्स प्लसको ५७ लाख ९० हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
![http://](https://1.bp.blogspot.com/-Mjl7e1vL9_E/X7s5Pj1PvwI/AAAAAAAAK2Y/O0A-e2zQZ8g9cx4coFVRJMpf0SYWv9dTgCNcBGAsYHQ/s16000/6E9E0D75-038C-4A47-BD83-AC340C7607DA.jpeg)
साेनेटकाे समग्र उचाइ ५ फिट ४ इन्च, चौडाइ ५ फिट ८ इन्च, लम्बाइ १३ फिट १ इन्च र ह्विलबेस ८ फिट २ इन्च रहेको छ भने ग्राउन्ड क्लियरेन्स २११ मिलिमिटर र बुट स्पेस ३९२ लिटर छ ।