सांग्रिला डेभलपमेन्ट बैङ्क लिमिटेडले अछामको बयालपाटा अस्पताललाई एक थान ‘अक्सिजन कन्सन्ट्रेटर’ हस्तान्तरण गरेको छ ।
बयालपाटा अस्पतालमा आयोजित एक समारोहमा सांग्रिला डेभलपमेन्ट बैङ्क साँफेबगर शाखाका शाखा प्रबन्धक अनुपम महराले अस्पतालका निर्देशक डा. मन्दिप पाठकलाई ‘अक्सिजन कन्सन्ट्रेटर’हस्तान्तरण गर्नुभएको छ । उक्त कार्यक्रममा अस्पतालका निर्देशक डा. पाठकले निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको बयालपाटा अस्पतालमा बिरामीको उपचारका लागि अक्सिजन व्यवस्थापन गर्न सहज हुने बताउनुभयो । ५० बेडको यस अस्पतालमा दैनिक दुई सयदेखि दुई सय पचास जनासम्म र वार्षिक ७० देखि ८० हजारसम्म बिरामीले उपचार सेवा लिने गरेको निर्देशक डा.पाठकले बताउनुभयो ।
सांग्रिला डेभलपमेन्ट बैङ्कले आ.व. ०८०/८१ को सामाजिक संस्थागत उत्तरदायित्व (सीएसआर) अन्तर्गत मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र र रोल्पाको सुनिल स्मृति गाउँपालिका–४ स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई एक एक थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराइसकेको छ ।
सांग्रिला डेभलपमेन्ट बैङ्कद्वारा बयालपाटा अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
