ज्योति विकास बैङ्कले देशका ग्रामीण क्षेत्रमा जीवन रक्षक चिकित्सा उपकरणको आवश्यकतालाई ध्यानमा राखी धादिङ जिल्लाको नेत्रावती डबजोङ अस्पतालमा नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न र हाइपोथर्मिया (अल्पताप) हुनबाट जोगाउनका लागि बेबी वार्मर (न्यानो नानी) मेसिन प्रदान गरेको छ।
ज्योति विकास बैङ्कको सामरी शाखाको पहलमा नेत्रावती डबजोङ गाउँपालिका वडा नं. ४ भोग्टेनीमा अवस्थित उक्त अस्पतालमा बेबी वार्मर जडान गरेको हो। विशेष गरी ग्रामीण क्षेत्रमा हाइपोथर्मियाको दर उच्च रहेको र यसका कारण नवजात शिशुहरूको जीवन जोखिममा पर्ने गरेको दृष्टान्तलाई हृदयङ्गम गर्दै उक्त जोखिमलाई न्यूनीकरण गर्ने अत्यन्त संवेदनशील र महत्त्वपूर्ण उपकरण उक्त अस्पतालमा प्रदान गरिएको हो। बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको "हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत नेत्रावती डबजोङ अस्पताल सहित हालसम्म ४७ वटा मेसिनहरू प्रदान गरिसकेको छ ।
स्वास्थ्यप्रद जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड हो भन्ने दृढ मान्यतालाई शिरोधार्य गर्दै, यस विकास बैङ्कले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले बैङ्कले विभिन्न चरणहरू मार्फत देशका विभिन्न अस्पताल, स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टरहरूमा यस अघि प्रदान गरेका ४६ वटा बेबी वार्मर उपकरणहरू मार्फत हरेक वर्ष करिब १६८० भन्दा बढी नेपाली शिशुहरूलाई यो सुविधा उपलब्ध गराई वहाँहरूको अमूल्य जीवन रक्षा गर्न सफल भएको छ। साथै हालसम्मको योगदानले करिब ८५०० भन्दा बढी शिशुहरू प्रत्यक्ष रूपमा यस सेवाबाट लाभान्वित भएका छन्। यस्ता जीवन रक्षण गर्ने अति प्रमुख क्षेत्रमा नेपालमा रहेका बैङ्क तथा वित्तीय संस्थाहरू मध्ये ज्योति विकास बैङ्कले अग्रस्थानमा रही काम गर्दै समाजमा एक सकारात्मक परिवर्तनको बीजारोपण गरेको छ।
नेत्रावती डबजोङ अस्पतालमा आयोजित कार्यक्रममा बैङ्कका पदाधिकारीबाट उक्त स्वास्थ्य चौकीहरूका पदाधिकारी लगायत सम्बन्धित क्षेत्रका विभिन्न पदाधिकारीहरूको उपस्थितिका बिच सो बेबी वार्मर औपचारिक रूपमा हस्तान्तरण गरिएको हो । साथै, सोही कार्यक्रमका बिच अस्पतालका डाक्टर, नर्स लगायत सम्बन्धित कर्मचारीहरूलाई विज्ञ मार्फत बेबी वार्मर सञ्चालन सम्बन्धी विशेष तालिम पनि प्रदान गरिएको थियो। उपकरण जडानको साथै त्यसको उच्चतम सदुपयोग निश्चित गर्न बैङ्कले विशेष तालिमको लागि पनि समन्वय गर्दै आएको छ।
ज्योति विकास बैङ्कद्वारा धादिङको नेत्रावती डबजोङ अस्पताललाई बेबी वार्मर प्रदान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
