
आर्थिक वर्ष २०८१/८२ मा नेपाल सरकारले कुल ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा १० खर्ब ५८ अर्ब रुपैयाँ सङ्कलन भएको थियो भने आर्थिक वर्ष २०८१/८२ मा १ खर्ब २० अर्ब रुपैयाँले बढी राजस्व उठेको छ, जसले ११.३३ प्रतिशतको वृद्धिदर देखाएको अर्थ मन्त्रालयले जनाएको छ।
आर्थिक वर्ष २०८१/८२ को सुरुमा सरकारको राजस्व लक्ष्य १४ खर्ब १९ अर्ब रुपैयाँ तोकिएको थियो। तर अर्धवार्षिक समीक्षापछि लक्ष्य घटाएर १२ खर्ब ८६ अर्ब बनाइएको थियो। संशोधित लक्ष्यको ९१.६० प्रतिशत राजस्व सङ्कलन गर्न सफल भएको हो।
सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा १३ खर्ब १५ अर्ब रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ।
 
आर्थिक वर्ष २०८१/८२ मा ११ खर्ब ७८ अर्ब राजस्व सङ्कलन, लक्ष्यको ९१.६० प्रतिशत पुरा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    