
वैदेशिक रोजगारीका लागि गएका नेपालीहरूले पठाउने विप्रेषण आप्रवाह (रेमिटेन्स) चालु आर्थिक वर्ष २०८१/८२ को वैशाख महिना सम्ममा १३.२ प्रतिशतले वृद्धि भई १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा भने विप्रेषण आप्रवाह १६.२ प्रतिशतले बढेको थियो ।
चालु आर्थिक वर्ष २०८१/८२ को वैशाखमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.५ प्रतिशतले वृद्धि भई ९ अर्ब ९६ करोड पुगेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । आर्थिक वर्ष २०८०/८१ मा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.८ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको सङ्ख्या ४,०५,६१० पुगेको छ । त्यसै गरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा २,८०,३१४ पुगेको छ । आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ३,७३,३०७ र २,३६,३९८ रहेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर १४ खर्ब ७९ अर्ब ८ करोड रुपैयाँ कायम भएको छ । आर्थिक वर्ष २०८०/८१ मा यस्तो ट्रान्सफर १३ खर्ब १ अर्ब ७५ करोड रहेको थियो ।
 
विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १३.२ प्रतिशतको वृद्धि
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    