साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक २ दशमलव ७१ अङ्कले बढेर १८८८ दशमलव ३२ को विन्दुमा कायम भएको छ।
आज पिलुल्स पावर लिमिटेडको शेयर मूल्यमा ८.११ प्रतिशतले वृद्धि हुँदा सो कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । एन आइ बि यल प्रगति फन्डका शेयरधनीहरुले ७.९४ प्रतिशत, नबिल इक्विटी फन्डका शेयरधनीहरुले ३.९२ प्रतिशत, आँखुखोला जलविद्युत कम्पनी लिमिटेडका शेयरधनीहरुले ३.५६ प्रतिशत र मन्दाकिनी हाइड्रोपावर लिमिटेडका शेयरधनीहरुले ३.२५ प्रतिशतका दरले कमाएका छन् ।
यता कालिन्चोक दर्शन लिमिटेडका लगानीकर्ताहरूले ९.६२ प्रतिशतले गुमाउँदा सनराइज फोकस्ड इक्विटी फण्ड ८.८९ प्रतिशत, मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेड ५.९१ प्रतिशत, एनएमबि सुलभ इन्भेस्टमेन्ट फण्ड २ ४.९६ र तारा गाउँ रेजेन्सी होटेल ४.५८ प्रतिशतले घट्दा यी कम्पनीहरूका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् ।
आज शेयर मूल्यमा सर्वाधिक वृद्धि तथा गिरावट भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%