पर्यटकीय ग्राम बन्दीपुरमा साहसिक एवं मनोरञ्जनात्मक पूर्वाधारहरू निर्माण गरिरहेको बन्दीपुर स्काइवाल्क एण्ड रिक्रिएसन प्रा ली अब पब्लिक लिमिटेड कम्पनीमा परिवर्तन गरिने भएको छ ।
कम्पनीको असोज महिनामा हुने साधारण सभाले पारित गरी औपचारिक रूपमा कम्पनी रजिस्ट्रारको कार्यालयमा आवेदन गर्ने निर्णय भएको कार्यकारी सञ्चालक पोस्ट बहादुर खड्काले बताउनुभयो । कम्पनीको अधिकृत पुजी १ अर्ब र जारी पुँजी ६८ करोड रहनेछ जसमा १२% सर्वसाधारणको लागि आइपिओ जारी गर्ने गरी छुट्टाइएको छ।
सो कम्पनी बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड र टुरिजम इन्भेस्टमेन्ट फन्ड लिमिटेडको अधिकांश सेयर रहेको कम्पनी हो। जसले बन्दीपुरमा ८५ मिटर अग्लो सिसाको स्काइ डेक, स्काइ जम्प, मेटल क्लाइम्बिङ्ग, भ्युज रुम, सिसाको क्याप्सुल लिफ्ट, फ्लाइ डाइनिङ, एज वाल्क र दुनियाँको सबैभन्दा लामो क्यान्टिलिभर ग्लास ब्रिज र अग्लो बन्जी जम्प समेत बनाउने गरी १ अर्ब ७० करोड रुपैयाँ लगानी गरिरहेको छ। कम्पनीको ऋण स्वपुँजी अनुपात ६०: ४० रहने गरी व्यवस्था गरेर अगाडि बढ्ने रणनीति साथ कम्पनीले कार्य गरिरहेको छ। क्यान्टिलिभर, ग्लास वाल्क र बन्जी जम्प बाहेक सबै पूर्वाधारहरू आगामी जनवरी सम्म पूर्ण रूपमा व्यावसायिक सञ्चालनमा आउने कम्पनीले दाबी गरेको छ।
अब बन्दीपुर स्काइवाक कम्पनी पब्लिक कम्पनी बन्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%

प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories

Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en