अर्थ मन्त्रालयको बजेट सुझाव अभियान : तपाईँको आवाज, तपाईँको बजेट

आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तथा कार्यक्रम तयार गर्न अर्थ मन्त्रालयले सुझाव सङ्कलनका लागि सार्वजनिक आह्वान गरेको छ। बजेट निर्माण प्रक्रिया सुरु भएसँगै मन्त्रालयले आम नागरिक, सरोकारवाला निकाय, विज्ञ र संस्थाहरूबाट मूल्यवान् सुझावहरू माग गरेको हो।

जनताको आवश्यकता र प्राथमिकतालाई बजेट तथा कार्यक्रममा समेट्न सुझाव आवश्यक रहेको मन्त्रालयको भनाइ छ। यसैले, नीति, कार्यक्रम र बजेट निर्माणमा उपयोगी हुने खालका सुझावहरू पठाउन मन्त्रालयले आग्रह गरेको छ।

सुझाव अर्थ मन्त्रालयको वेबसाइटमा रहेको 'बजेट सुझाव' पोर्टलमार्फत वा इमेल ([email protected]) मार्फत पठाउन सकिनेछ। सुझाव पठाउने अन्तिम म्याद २०८२ साल वैशाख मसान्तसम्म निर्धारण गरिएको छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x