नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (NSEM) ले नेपाल सुपर लिग (NSL) को तेस्रो संस्करणका लागि एनसेल आजियाटा लिमिटेडलाई टाइटल स्पन्सरका रूपमा घोषणा गरेको छ। NSL नेपालकै पहिलो फ्रेन्चाइजमा आधारित व्यावसायिक फुटबल लिग हो।
शुक्रवार ललितपुरको द प्लाजामा आयोजित विशेष समारोहमा सो साझेदारीको घोषणा गरिएको थियो। सो सहकार्य अन्तर्गत एनसेलले नेपालमा फुटबलको प्रवर्द्धन गर्दै नेपाली फुटबल प्रेमीहरूको मन पर्ने खेललाई अझ बलियो बनाउन सहयोग गर्नेछ। साथै, यसले नेपालका उदीयमान खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने मञ्च प्रदान गर्ने लक्ष्य राखेको छ। नेपाल र नेपाली उपभोक्ताहरूलाई एक आपसमा जोड्ने एनसेलको मूल दर्शन नेपाली फुटबलप्रतिको भावना र जोससँग पनि मेल खाने निश्चित छ।
सन् २०२१ मा स्थापना भएको NSL लाई NSEM ले अखिल नेपाल फुटबल सङ्घ (ANFA) को प्राविधिक सहयोगमा आयोजना गर्दै आएको छ। थुप्रै क्षेत्रीय फ्रेन्चाइज टोलीहरूको प्रतिनिधित्व गर्दै यो लिगले नेपालभर फुटबलप्रति व्यापक चासो र सहभागिता बढाइरहेको छ। यसले क्षेत्रीय पहिचान प्रवर्द्धन गर्दै एकता र गौरवको भावनालाई अझ बलियो बनाएको छ।
नेपाल सुपर लिग (NSL) को आधिकारिक खेल तालिका २९ मार्च २०२५ बाट सुरु हुनेछ। सो प्रतियोगितामा बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, एफसी चितवन, झापा एफसी, काठमाडौँ रेजर्स एफसी, ललितपुर सिटी एफसी र पोखरा थन्डर्स एफसी सहित सात टिमहरूबिच कडा प्रतिस्पर्धा हुनेछ। देशभरका फुटबल प्रेमीहरूका लागि यो उत्साहजनक र रोमाञ्चक क्षण हुनेछ जहाँ विभिन्न टिमहरू उपाधि जित्नको लागि प्रतिस्पर्धा गर्नेछन् । 
पत्रकारहरूसँग कुरा गर्दै नेपाल सुपर लिग (NSL) का म्यानेजिङ डाइरेक्टर श्रेयांस कार्कीले भन्नुभयो, “हामी एनसेललाई NSL को टाइटल स्पन्सरका रूपमा स्वागत गर्न पाउँदा निकै उत्साहित छौँ। यो साझेदारीले नेपाली फुटबललाई नयाँ उचाइमा पुर्याउने छ र बलियो फुटबल संस्कृतिको निर्माणमा सहयोग गर्नेछ।”
त्यस्तै, एनसेलका चिफ कमर्सियल अफिसर (CCO) उमैर मोहसिनले भन्नुभयो, “हाम्रो NSL सँगको सहकार्यले खेल विकासप्रतिको हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। हामी फुटबलले समाजलाई जोड्ने र सकारात्मक परिवर्तन ल्याउने शक्ति राख्छ भन्नेमा विश्वास गर्छौँ। NSL लाई समर्थन गरेर हामी नेपाली फुटबल खेलाडीहरूलाई उत्कृष्टता हासिल गर्न मद्दत गर्दै देशलाई गर्व गराउने अवसर दिन चाहन्छौँ। यो सहकार्य हाम्रो थिम ‘हामी तपाईँकै लागि’मा आधारित रहेको छ र यसले विकास, नवीनता र उत्कृष्टताप्रति समान समर्पणको भावना दर्साउने खेलकुद क्षेत्रप्रति रहेको हाम्रो गहिरो सम्मान र आकर्षणलाई प्रतिबिम्बित गर्छ।”
एनसेलले अघिल्लो वर्षदेखि नै NSL सँग निकट सहकार्य गर्दै आएको छ। सो साझेदारीले नेपाली खेल क्षेत्रको सुधार र युवाहरूको क्षमता अभिवृद्धिमा एनसेलको निरन्तर योगदानलाई प्रतिबिम्बित गर्छ। यस लिग मार्फत एनसेलले फुटबल प्रतिभा प्रवर्द्धन गर्नुका साथै नेपालमा खेल पूर्वाधार सुधार गर्न प्रतिबद्धता दोहोर्याएको छ।
सो संस्करणमा रोमाञ्चक प्रतिस्पर्धा, नयाँ प्रतिभाहरू र नेपाली फुटबलको वास्तविक स्वाद अनुभव गर्न पाइने छ। एनसेलको निरन्तर समर्थन खेल विकास, युवा सशक्तीकरण र स्वस्थ जीवनशैली प्रवर्द्धनमा केन्द्रित छ। खेल मात्र होइन, यो नेपालसँगको सम्बन्धको पनि कुरा हो।
सो लगानी नेपाली खेल प्रतिभाको प्रवर्द्धन मात्र नभई खेललाई मन पराउने दर्शक र फ्यानहरूलाई पनि लक्षित छ जसको कारण यस्ता प्रतियोगिताहरू सफल हुने गर्दछन्। जिम्मेवार कर्पोरेट संस्थाका रूपमा एनसेलले खेलकुद विकास र प्रतिभा निखार्न महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ। कम्पनीले क्रिकेट, फुटबल, भलिबल, गल्फ र आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत रही एनसेल फाउन्डेसन मार्फत पारा खेलाडीहरूको सिप विकास र प्रशिक्षणका लागि सहयोग गर्दै आइरहेको छ।
एनसेल बन्यो तेस्रो संस्करणको नेपाल सुपर लिग (NSL) २०२५ को टाइटल स्पन्सर
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
                                                                                                                    Nepal Telecom
                                                                     01-4210283
                                                                
                                                                
                                                                     Bhadrakali Plaza, Kathmandu Nepal
                                                                
                                                                
                                                                     https://www.ntc.net.np/
                                                                
                                                            
                                                                                                                    Ncell Axiata Limited
                                                                     +977 980 555 4444
                                                                
                                                                
                                                                     Lainchaur, Kathmandu
                                                                
                                                                
                                                                     https://www.ncell.axiata.com/en
                                                                
                                                            
        
            
    
    