देशव्यापी फुटबल प्रशंसकहरूका लागि बहु प्रतीक्षित एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन ३ ले फुटबलको रोमाञ्च ल्याउने तयारी गरेको छ, जसमा हिमालय टिभी आधिकारिक प्रसारण साझेदारको रूपमा रहने भएको छ। एक औपचारिक कार्यक्रममा हिमालय टिभीले यो घोषणा गरेको हो। नेपालको प्रमुख टेलिभिजन च्यानलहरूमध्ये एक हिमालय टिभीले रोमाञ्चक क्षणहरू सहित सबै लिगका खेलहरूको प्रत्यक्ष प्रसारण गर्नेछ।
नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता एनएसएलले राष्ट्रिय फुटबललाई तीव्र गतिमा उचाइमा पुर्याएको छ। सो साझेदारीले नेपाली फुटबललाई दर्शकहरूको अझै नजिक लैजाने र देशभरका एनएसएल प्रशंसकहरूका लागि यो सुन्दर खेलको मजा अझ रमाइलो बनाउनेछ।
साझेदारीको बारेमा जानकारी दिँदै एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीले भन्नुभयो, "हामी एनसेल एनएसएल सिजन ३ को लागि आधिकारिक प्रसारण साझेदारको रूपमा हिमालय टिभीसँग जोडिन पाउँदा खुसी छौँ। वहाँहरूको उच्च गुणस्तरको स्क्रिनिङ प्रसारण गर्ने विशेषज्ञता र बलियो प्राविधिक ज्ञानले लिगसँग प्रशंसकहरूलाई जोड्न सजिलो बनाउने छ। यो सहकार्य ठुलो फ्यानबेस सिर्जना गर्न महत्त्वपूर्ण हुनेछ। यसले लिगको भविष्यलाई आकार दिनुका साथै नेपाली फुटबलको लेगेसी पनि सुनिश्चित गर्नेछ।"
आधिकारिक प्रसारकको रूपमा हिमालय टिभीले एनसेल एनएसएल सिजन ३ मा उल्लेखनीय क्षणहरू सिर्जना गर्दै नेपाली फुटबलको ऐतिहासिक विकास र जोसलाई लिपिबद्ध गर्नेछ।
 
हिमालय टिभी बन्यो एनसेल नेपाल सुपर लिग (एनएसएल) को प्रसारण साझेदार
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
                                                                                                                    Nepal Telecom
                                                                     01-4210283
                                                                
                                                                
                                                                     Bhadrakali Plaza, Kathmandu Nepal
                                                                
                                                                
                                                                     https://www.ntc.net.np/
                                                                
                                                            
                                                                                                                    Ncell Axiata Limited
                                                                     +977 980 555 4444
                                                                
                                                                
                                                                     Lainchaur, Kathmandu
                                                                
                                                                
                                                                     https://www.ncell.axiata.com/en
                                                                
                                                            
        
            
    
    