सर्वोच्च अदालतमा नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स रोक्न अधिवक्ता कृष्णबहादुर थापाले रिट दायर गरेका छन्। निर्देशिका २०७९ कानुनसम्मत नभएको दाबी गर्दै उनले धितोपत्र बोर्ड, अर्थ मन्त्रालय, र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएका छन्।
थापाले निर्देशिका मूल कानुन र संविधानसँग बाझिएको जिकिर गर्दै लाइसेन्स रोक्न माग गरेका हुन्। सरकारको मन्त्रिपरिषद्ले गत पुस ५ मा लाइसेन्स प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो।
नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स रोक्न रिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%