नेपाल सरकारको पूर्व सचिव खेमराज नेपालले मुलुकभित्रै बस्ने वातावरण नहुँदा लाखौँ युवाहरू बाहिरिनु परेको बताउनुभएको छ ।
मङ्गलवार काठमाडौँमा क्षमता अभिवृद्धि सम्बन्धमा आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले क्षमता विकासको विषय एकदमै पेचिलो भएको भन्दै क्षमता विकासको काम नहुँदा हजार व्यक्तिहरू विदेश गइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘विगत २० वर्ष देखिको तथ्याङ्क हेर्ने हो भने केही न केही हजार व्यक्तिहरू विदेश जाने गरेको देखिन्छ । मुलुकभित्रै बस्नको लागि उनीहरूलाई केही सिकाएको भए वास्तवमा उहाँहरूले मुलुक बनाउने काम पनि गर्नु हुन्थ्यो होला । त्यस कारण क्षमता विकासको जुन विषय छ यो एकदमै पेचिलो छ ।’
यसको साथै उहाँले सरकारी अभिलेखहरू सामान्य नेपालीहरूले नबुझ्ने खालको हुने भन्दै सामान्य भाषामा हुने हो भने सबैको फाइदा लिन सक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सरकारले मानव विकासमा धेरै खर्च नगरेको कारण दुःख पाएर जाने र कम पैसा मुलुकमा ल्याउनुपर्ने अवस्था छ । सरकारले नीति त बनाएको छ तर यसरी बनाएको छ कि तपाईँ हामीले बोल्ने भाषामा बनाएको छैन ।
जुन भाषामा बनाएको छ त्यो भाषा तलको मान्छे बुझ्ने खालको छैन । सरकारी अभिलेखहरू सामान्य नेपालीहरूले नबुझ्ने खालको हुन्छ । सबैले बुझ्न सक्ने भएको भएर सबैको फाइदा लिन सक्ने अवस्था हुन्थ्यो होला ।’
‘युवा लक्षित क्षमता अभिवृद्धिका कार्यक्रम नहुँदा बिदेसिनेको सङ्ख्या बढ्यो’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%

प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories

Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en