
ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चैत २० गते, अईतबारका दिन छापावाला सुनको मूल्य तोलाको ९९ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ८ सय रुपैयाँ तोकिएको छ ।

अघिल्लो कारोबार दिन अर्थात शुक्रबार चैत १८ गतेका दिन, छापावाला सुन प्रतितोला ९९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
अईतबार सुनको मूल्यमा गिरावट हुँदा चाँदीको मूल्य भने यथावत रहेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा किनबेच हुँदैछ ।