![](https://1.bp.blogspot.com/-yHsvHplUoGc/YA-45q8ayWI/AAAAAAAALoA/kDj2nyO00t4qTaqvN1RMdhEdwWy7F_YjQCNcBGAsYHQ/s16000/Gold%2BPrice%2BUp.png)
ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साउन १२ गते, विहीबारका दिन छापावाला सुनको मूल्य तोलाको ९४ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय रुपैयाँ तोकिएको छ ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiUNEF2dIiTczH18qBrp6NjcT4h4H2dpl048KCarXqYek8NTWykr9c33v3WKjVDvr4Ddqvy1_02vyKBeFPS4QCb1MlcEGvr8URjBukvmj2G6-blq5vTzD9EK23ps5GWJIdB9QCpj1zud1Gej_pVQL7lXe8z2CRPAIXH_sKhdeajLWTuUHn4ZSJQxq0epw/s16000/Screenshot_65.png)
विहीबार सुनको मूल्यमा वृद्धि हुँदा चाँदीको मूल्य पनि उकालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार १ सय ८५ रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबारी दिन बुधबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार १ सय ५५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ३० रुपैयाँले बढेको देख्न सकिन्छ ।