सानिमा बैङ्कले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता लगायत अन्य विभिन्न क्षेत्रहरूमा विभिन्न वर्गका जनतालाई प्रत्यक्ष फाइदा हुने गरी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।
यसै क्रममा सानिमा बैङ्कको पर्सागढी शाखाले, पर्सागढी वडा नं ५ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय विद्यार्थीहरूलाई न्यानो लुगा हस्तान्तरण गरेको छ । कार्यक्रममा पर्सागढी शाखाका कर्मचारीद्वारा दुवै विद्यालयका विद्यार्थीहरूलाई लुगा हस्तान्तरण गरिएको हो । चिसो मौसमका कारण न्यानो लुगाको अभावमा विद्यार्थीहरूको पठनपाठनमा समेत असर परेको हुँदा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरूलाई न्यानो लुगा वितरण गरिएको हो ।
बैङ्कले भविष्यमा पनि समाजमा सकारात्मक विकास गर्ने किसिमका विभिन्न क्रार्यक्रमहरु गर्ने योजना जनाएको छ । सानिमा बैङ्कको सातै प्रदेशमा हाल १३४ वटा कार्यालयहरू र १२५ वटा ए.टी.एम. सञ्चालनमा रहेका छन् ।
सानिमा बैङ्कद्वारा विद्यार्थीहरूलाई न्यानो लुगा वितरण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
