यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू



साताको पहिलाे कारोबार दिन नेप्से परिसूचक ५६ दशमलव ०९ अङ्कले बढेर २६५३ दशमलव ५८ को विन्दुमा कायम भएको छ । आज कूल ३०८ कम्पनीहरूका १ करोड ५० लाख ४६ हजार ७१० कित्ता शेयर रु. ६ अर्ब १३ करोड ८२ लाख ६ हजार ७०५ मा खरिद बिक्री भए ।

कारोबार रकमका आधारमा साहस उर्जा लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु. ६३ करोड ८३ लाख ५८ हजार १८७ बराबरको शेयर कारोबार भयो  त्यस्तै,  एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको रु. २५ करोड ५७ लाख ९५ हजार २८३ बराबरको शेयर कारोबार भएको छ।

यता, नेपाल फाइनान्स लिमिटेडको रु. १५ करोड ९९ लाख १० हजार ०५१ कारोबार हुँदा गुडविल फाइनान्स लिमिटेडको रु. १५ करोड १३ लाख २९ हजार ७३८ र एशियन लाइफ इन्स्योरेन्स लिमिटेडको (Promoter Share) रु. १४ करोड ५७ लाख ५० हजार बराबरको शेयर कारोबार भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x