हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०८१ साल भाद्र २७ गते, बिहीबार बसेको २०० औँ सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आ. व. २०८०/८१ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १०.५२६ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले आ. व. २०८०/८१ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र ०.५२६ प्रतिशतले हुन आउने रकम बराबरको नगद (कर प्रयाेजनार्थ समेत) गरी जम्मा १०.५२६ प्रतिशत लाभांश आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरूले प्राप्त गर्ने हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले जानकारी दिएको छ ।
हाथवे इन्भेष्टमेन्ट नेपालको लाभांश प्रस्ताव, कति दिँदै छ बोनस र नगद ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
