शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटक आकर्षित गर्ने उद्देश्यले सातौँ शुक्लाफाँटा पर्यटन महोत्सव हुने भएको छ । भीमदत्त नगरपालिकाको आयोजनामा आगामी मङ्गलवार देखी बिहीबारसम्म महोत्सव हुन लागेको हो ।
भीमदत्त नगरपालिका पर्यटन विकास समितिका उपाध्यक्ष राजेन्द्र केसीले विश्वमै बाह्रसिङ्गाको सबैभन्दा ठुलो झुण्ड अवलोकन गर्न पाइने शुक्लाफाँटाको प्रचार गरी पर्यटक भित्र्याउने उद्देश्यले हरेक वर्ष महोत्सव आयोजना गर्दै आएको जानकारी दिनुभयो ।
महोत्सव अवधिमा निकुञ्जभित्रको रानी ताल सफाइदेखि गड्डाचौकी नाकाबाट नेपाल भित्रिने पर्यटकलाई स्वागत गरिने उपाध्यक्ष केसीले जानकारी दिनुभयो । “गड्डाचौकी नाका, बसपार्क, बजार क्षेत्र र नगरपालिकाभित्र पर्यटकीय क्षेत्रको बोर्ड राख्ने तयारी छ”, उपाध्यक्ष केसीले भन्नुभयो, “महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकलाई निकुञ्ज प्रवेशमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।”
नगरपालिकाले महोत्सव सञ्चालनका लागि दिँदै रु दुई लाख बजेट विनियोजन गरेको जनाएको छ । “प्रदेश उद्योग, वन तथा वातावरण मन्त्रालयसित यसका लागि आवश्यक समन्वय र सहकार्य गरेका छौँ”, उपाध्यक्ष केसीले भन्नुभयो, “यहाँका पर्यटकीय क्षेत्रको विकास एवं प्रचारमा जोड दिन स्थानीय तह लागिपरेको छ ।”
शुक्लाफाँटामा बाह्रसिङ्गाका साथै पाटे बाघ, गैँडा, हात्ती, हरिणका साथै चार सय ५० भन्दा बढी प्रजातिको चराचुरुङ्गी पाइन्छ ।
शुक्लाफाँटा पर्यटन महोत्सव हुँदै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%

प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories

Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en