
धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दाेहाेराे अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ७० दशमलव ८१ अङ्कले बढेर २९३१ दशमलव ६५ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक १० दशमलव ५६ अङ्कले बढेर ५१२ दशमलव ४७ को विन्दुमा पुगेको छ ।
आज कूल ३३९ कम्पनीहरूका ६ करोड ४८ लाख ७६ हजार २१७ कित्ता शेयर रु. २७ अर्ब २४ करोड २० लाख ३४ हजार ७६५ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूहहरू मध्य लगानी उपसमूह शून्य दशमलव २२ अङ्कले र उत्पादन उपसमूह ९९.२८ अङ्कले घटेका छन् । यता, बैङ्किङ उपसमूह ४५ दशमलव २७ अङ्कले बढ्दा विकास बैङ्क उपसमूह १६६ दशमलव ६१ अङ्कले, वित्त उपसमूह १६६ दशमलव ६१ अङ्कले, होटेल तथा पर्यटन उपसमूह २१५.७३ अङ्कले, जलविद्युत उपसमूह १२३.४२ अङ्कले, जीवन बिमा उपसमूह ८१५.८१ अङ्कले, लघुवित्त उपसमूह ५९.४७ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव २० अङ्कले, निर्जीवन बिमा ४१२.४५ अङ्कले, अन्य उपसमूह २४.०६ अङ्कले र ट्रेडिङ उपसमूह १६३.७६ अङ्कले बढेका छन् ।
 
नेप्सेमा उछाल: नेप्से २९३१.६५ को विन्दुमा, कारोबार रकम २७ अर्ब माथि
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    