धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १० दशमलव ५४ अंकले घटेर १८८३ दशमलव १६ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक १ दशमलव ८३ अंकले घटेर ३७० दशमलव ५३ को विन्दुमा पुगेको छ ।
आज कूल २२५ कम्पनीहरूका २० लाख २८ हजार ३४८ कित्ता शेयर रु ७७ करोड ४९ लाख ११ हजार ७०६ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूह मध्य होटल तथा पर्यटन उपसमूह १५.८२ अङ्कले घटेकाे छ । यता, बैंकिङ उपसमूह ५ दशमलव ३० अङ्कले घट्दा विकास बैंक उपसमूह ३ दशमलव ८४ अङ्कले, वित्त उपसमूह शून्य दशमलव ७१ अङ्कले, जलविद्युत उपसमूह २०.४६ अङ्कले, लगानी उपसमूह शून्य दशमलव ३८ अङ्कले, जीवन बीमा उपसमूह ७०.७३ अङ्कले, उत्पादन उपसमूह ३३.१६ अङ्कले, लघुवित्त उपसमूह ५३.८२ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव ०४ अङ्कले, निर्जीवन बीमा १८.४४ अङ्कले, अन्य उपसमूह १.०८ अङ्कले र ट्रेडिङ उपसमूह २६.२६ अङ्कले घटेका छन् ।
धितोपत्र बजारमा १०.५४ अङ्कको गिरावट, नेप्से १८८३.१६ को विन्दुमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
