विश्व वातावरण दिवसको अवसरमा एक्सेल डेभलपमेन्ट बैङ्कद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

एक्सेल डेभलपमेन्ट बैङ्क लि. ले झापा जिल्ला हल्दीबारी गाउँपालिका, भेला गढी सिमसार क्षेत्रमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा वन उपभोक्ता समितिका पदाधिकारीहरू, बैङ्कका नायब प्रमुख कार्यकारी अधिकृत लेखराज कार्की, सहायक महाप्रबन्धक अशोक क्षेत्रीका साथै बैङ्कका उच्च पदस्थ अधिकारीहरू, कर्मचारीहरू तथा स्थानीय समुदायका सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो ।

बैङ्कको मार्केटिङ विभागका कर्मचारी गजेन्द्र ढकालले जलवायु परिवर्तनको असर र प्रभावको कारण गिर्दै गएको वातावरणलाई संरक्षण गर्नको लागि अत्यन्तै महत्त्वपूर्ण रहेको वृक्षारोपण कार्यक्रम सफल पार्न भेला गढी सामुदायिक वन उपभोक्ता समूहका साथै स्थानीय जनताले गरेको सहयोगको सराहना गर्दै आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तर्गत बैङ्कले यस्ता कार्यक्रम जारी राख्ने बताउनुभयो । वन उपभोक्ता समूहका अध्यक्ष पुण्य लम्साल तथा सचिव खगेन्द्र राजवंशीले यस्ता पर्यावरण अभिवृद्धि तथा सिमसार क्षेत्रको सहयोगको लागि एक्सेल डेभलपमेन्ट बैङ्क लि. लाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा यस्तो कार्यको निरन्तरताको अपेक्षा राख्नु भयो । साथै सो वृक्षारोपणबाट भेला गढी सिमसार पार्कको सौन्दर्यलाई अझ बढाउने, यसको पर्यटनमा बढवा दिने र स्थानीय जनतामा हरियाली र वातावरणप्रति सचेतना जगाउने विश्वास पनि लिइएको बताउनु भयो ।

आजको कार्यक्रममा सिरिसका ५० वटा बिरुवाहरूलाई सो सिमसार क्षेत्रमा वृक्षारोपण गरेको बैङ्कले जनाएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x