पर्यटकीय नगरी बन्दीपुर घुम्न आउने पर्यटक अब केबलकारबाट सहज र छिटो पुग्न सक्ने भएका छन् । परीक्षणका रूपमा मात्रै सञ्चालित बन्दीपुर केबलकार आजदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको हो ।
व्यावसायिक रूपमा सञ्चालनमा आएपछि यहाँ आउने पर्यटकले केबलकारमार्फत सहज रूपमा यात्रा गर्ने भएका हुन् । अन्तर्राष्ट्रिय प्रविधि तथा सुरक्षा गुणस्तर परीक्षण प्रमाणपत्र (टियुभी सर्टिफिकेट) प्राप्त गरेपछि व्यावसायिक रूपमा आजदेखि सञ्चालनमा ल्याइएको कार्यकारी अधिकृत किरण पोख्रेलले राससलाई बताउनुभयो ।
पोख्रेलले भन्नुभयो, “वैशाख १ गते शुभ मुहूर्त तथा वास्तु पूजा गरी आंशिक रूपमा सञ्चालनमा ल्याएका थियौँ । आजदेखि व्यावसायिक रूपमा सञ्चालन गर्न लागेका हौँ ।”
टियुभी नर्ड जर्मनीअन्तर्गतको कम्पनी टियुभी नर्ड इन्डियाले परियोजनाको सुपरिवेक्षण गरी सर्टिफिकेट प्रदान गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार करिब एक वर्ष अघिदेखि नै केबलकारको सम्पूर्ण मेकानिकल सामग्रीको जडान गरी लोड परीक्षण भइरहेको थियो ।
तीन चरणमा परीक्षण काल सकिएपछि कम्पनीलाई व्यावसायिक ‘अप्रेसन टियुभी’ प्रमाणपत्र प्राप्त भएको अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो । “कम्पनीले सुरक्षा र गुणस्तरलाई पहिलो प्राथमिकता दिएकाले सम्पूर्ण तयारी भएपछि मात्रै केबलकार सञ्चालनका लागि खुल्ला गरिएको हो”, उहाँले भन्नुभयो ।
“केबलकारबाट ९० डिग्रीको ठाडो चट्टान आरोहण गरेझैँ साहसिक अनुभूति लिन सकिने छ । यसले पर्यटकलाई आकर्षित गर्न सकिने विश्वास लिएका छौँ”, अध्यक्ष शर्माले भन्नुभयो । बन्दीपुर गाउँपालिका–४ को डुम्रे बजार नजिकै केबलकार चोकबाट मन्दिरसम्म एक हजार सात सय मिटर दूरी ७ मिनेटमा पार गर्न सकिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार केबलकारको ३१ डिब्बामध्ये २१ वटाले यात्रु बोक्नेछन् भने अन्यले सामग्री ढुवानी गर्नेछन् । प्रति घण्टा पाँच यात्रु बोक्न सक्ने क्षमता रहेको यस केबलकार विभिन्न सिफ्ट गरेर दैनिक बिहान ६ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुनेछ ।
 
बन्दीपुर केबलकार व्यावसायिक रूपमा सञ्चालन
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
                                                                                                                    Nepal Telecom
                                                                     01-4210283
                                                                
                                                                
                                                                     Bhadrakali Plaza, Kathmandu Nepal
                                                                
                                                                
                                                                     https://www.ntc.net.np/
                                                                
                                                            
                                                                                                                    Ncell Axiata Limited
                                                                     +977 980 555 4444
                                                                
                                                                
                                                                     Lainchaur, Kathmandu
                                                                
                                                                
                                                                     https://www.ncell.axiata.com/en
                                                                
                                                            
        
            
    
    