चालु आर्थिक वर्ष (आ.व.) मा तनहुँमा छ सय ४७ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालयमा साउनदेखि चैत मसान्तसम्म ती उद्योग दर्ता भएका हुन् ।
कार्यालयका वाणिज्यका अनुसार उद्योगतर्फ तीन सय ३६ र वाणिज्यतर्फ तीन सय ११ उद्योग दर्ता भएका छन् । एउटा घरबास (होमस्टे) पनि दर्ता भएको छ । गत आवमा जिल्लामा छ सय तीन उद्योग दर्ता भएका थिए । दर्ता भएका उद्योगमध्ये कृषि तथा वन पैदावरतर्फ अधिक छन् ।
दुई सय ७८ उद्योग खारेज
चालु आ.व.मा जिल्लामा दुई सय ७८ उद्योग खारेज भएका छन् । आर्थिक अभावका कारण उद्योग सञ्चालन गर्न नसकिने भन्दै सम्बद्ध व्यक्तिले आवेदन गरेपछि ती उद्योगको दर्ता खारेज गरिएको हो । कार्यालयमा गत आ.व.मा दुई सय १० घरेलु उद्योग खारेजीका लागि आवेदन परेको थियो । गत आ.व.को तुलनामा चालु आवमा उद्योग खारेजका लागि धेरै आवेदन परेको उक्त कार्यालयले जनाएको छ ।
चालु आ.व.मा कार्यालयले रु ४० लाख ४९ हजार एक सय २५ राजस्व सङ्कलन गरेको छ । वाणिज्यतर्फ रु १९ लाख ८५ एक सय ७५ र उद्योगतर्फ रु २० लाख ६३ हजार नौ सय ५० राजस्व सङ्कलन भएको छ । उद्योगतर्फका आठ सय ४० र वाणिज्यतर्फ सात सय ४१ गरी एक हजार पाँच सय ८१ घरेलु तथा साना उद्योगले नवीकरण गरेका छन् ।
चट्याङपीडितलाई सहयोग
यसैबिच, देवघाट गाउँपालिका–४ रातेपानीमा चट्याङले घर जलेका तुलबहादुर भुजेलको परिवारलाई गाउँपालिकाले खाद्यान्न, लत्ताकपडा र त्रिपाल प्रदान गरेको छ । चट्याङबाट घरका आठ जना सदस्यमध्ये तीन जना सामान्य घाइते भएका थिए । यो दैवी विपत्तिमा करिब रु दुई लाख बराबरको क्षति भएको बताइएको छ ।
चालु आ.व. मा तनहुँमा छ सय ४७ उद्योग दर्ता
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
