शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्क लिमिटेडको नाफा ७.१९ प्रतिशतले घटेको छ । आ.व. २०७९/८० को तेस्राे त्रैमास सम्ममा बैङ्कले ५५ करोड ४५ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०८०/८१ को तेस्राे त्रैमास सम्ममा बैङ्कले ५१ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।
बैङ्कको निष्क्रिय कर्जा अनुपात बढेर ३.४१ प्रतिशत कायम हुँदा इम्पेरमेन्ट चार्ज बढेर ३७ करोड १८ लाख रुपैयाँ पुगेको छ भने २६ करोड ८५ लाख रुपैयाँ बराबरको ब्याज रकम असुल हुन बाँकी देखिन्छ ।
४ अर्ब ७३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्क लिमिटेडले ६२ अर्ब ७७ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी ५१ अर्ब ६७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा १ अर्ब ८१ करोड रुपैयाँ र सञ्चित मुनाफा १४ करोड ८८ लाख रुपैयाँ रहेको छ ।
बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ५.८४ प्रतिशतले बढेर १ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैङ्कको कुल वितरण योग्य मुनाफा १४ करोड ८८ लाख रुपैयाँ रहेको छ ।
बैङ्कको प्रति शेयर आम्दानी १४ रुपैयाँ ५० पैसा छ भने प्रति शेयर नेटवर्थ १४१ रुपैयाँ ४० पैसा र पछिल्लो कारोबार मूल्य रु ३६०.२० को आधारमा मूल्य आम्दानी अनुपात २४.८४ गुणा रहेको छ ।
शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कको नाफा ५१ करोड ४६ लाख, प्रतिशेयर आम्दानी रु. १४.५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
