आइएमई ग्रुपद्वारा सञ्चालित भेन्चर हायर पर्चेज  कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बाबुराम शर्मा नियुक्त हुनुभएको छ ।
भेन्चर हायर पर्चेजमा बिजनेश हेडको रूपमा साढे तीन वर्ष अगाडी प्रवेश गर्नुभएका शर्मालाई मङ्गलवार बसेको बोर्ड बैठकले कम्पनीको महाप्रबन्धकबाट सीईओमा बढुवा गर्ने निर्णय गरेको हो ।
डेढ दशकभन्दा बढी आइएमई ग्रुपमा काम गर्नुभएका शर्मा आईएमई फाइनान्सबाट ग्रुपमा प्रवेश गर्नुभएको थियो। पछि फाइनान्स बैङ्कसँग मर्ज भएपछि बैङ्क हुँदै ४ वर्ष आईएमई मोटर्स वीरगन्जको प्रमुख समेत भएर काम गरी सक्नुभएको छ ।
सरकारी जागिर छोडेर बैङ्किङ सेवातिर लाग्नुभएका उहाँले बैंकिङ्ग र अटो मोबाइल क्षेत्रमा विशेष दख्खल राख्नुहुन्छ। त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र र अङ्ग्रेजीमा स्नातकोत्तर गर्नुभएका उहाँले  म्यानेजमेन्ट डेभलमेन्ट कलेज (म्यान) बाट ईएमबीए समेत गर्नुभएको छ ।
आइएमई ग्रुप अन्तर्गतको वित्तीय कम्पनी भेन्चर हायर पर्चेज नेपाल राष्ट्र बैङ्कबाट हायर पर्चेज कारोबार गर्न  इजाजत प्राप्त संस्था हो । ३० करोड चुक्ता पुँजी रहेको कम्पनीले अहिले बजारमा दुई अर्ब भन्दा बढी लगानी गरेको छ ।
लगातार ४ वर्ष देखि नाफामा रहेको कम्पनीलाई आगामी  दिनमा पब्लिक लिमिटेड कम्पनी बनाउने र  छिट्टै आईपिओ समेत निष्कासन गर्ने तयारी रहेको बुझिएको छ।
 
आइएमई ग्रुपद्वारा सञ्चालित भेन्चर हायर पर्चेजको सीईओमा बाबुराम शर्मा नियुक्त
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            100.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
                                                                                                                    Nepal Telecom
                                                                     01-4210283
                                                                
                                                                
                                                                     Bhadrakali Plaza, Kathmandu Nepal
                                                                
                                                                
                                                                     https://www.ntc.net.np/
                                                                
                                                            
                                                                                                                    Ncell Axiata Limited
                                                                     +977 980 555 4444
                                                                
                                                                
                                                                     Lainchaur, Kathmandu
                                                                
                                                                
                                                                     https://www.ncell.axiata.com/en
                                                                
                                                            
        
            
    
    