नेपालका अग्ला र दुर्गम ठाउँहरूमा पुग्न सक्षम बनाइएको टुनल्यान्ड G7 केवल एउटा पिकअप मात्र नभई अत्यन्त सक्षम अफ-रोडर पनि हो। यसले २३ दिनको अवधिमा नेपालका सबैभन्दा अग्ला र चुनौतीपूर्ण ८ स्थानहरूको यात्रा सफलतापूर्वक सम्पन्न गरी यस्तो साहसिक अभियान पूरा गर्ने  विश्वकै पहिलो पिकअप बन्न सफल  भएको छ। यो केवल परीक्षण मात्र नभई कठिन भौगोलिक अवस्थामा असली क्षमता, विश्वसनीयता र इनोभेसन प्रदर्शन गर्ने एक ऐतिहासिक चुनौती पनि थियो।
टुनल्यान्ड G7 ले आफ्नो यात्रा दार्चुलाको हिकिला (२,३०० मिटर) बाट यात्रा सुरु गरेर नेपालको सीमा  कोरला (४,६६० मिटर) सम्म पुग्यो। यस ऐतिहासिक यात्रामा टुनल्यान्ड G7 ले फलामे (२,४५० मि), खाङ्सार (३,७०० मि), सन्दकपुर (३,६३६ मि), ढोरपाटन (३,००० मि), गुफा पोखरी (२,८९० मि) हुँदै जुम्ला (२,५१५ मि) सम्मका कठिन र दुर्गम गन्तव्यहरू सफलतापूर्वक पार गर्यो। यी सबै स्थानहरू अग्ला मात्र नभई, अप्ठ्यारा ट्र्याकहरू, ठाडा उकालो र असमान भूभागका लागि पनि परिचित छन्। तर टुनल्यान्ड G7 ले सबै चुनौती सहज रूपमा पार गर्दै आफैलाई केवल हाइवेका लागि मात्र नभई हिमाली भूभागका लागि पनि निर्माण गरिएको हो भन्ने प्रमाणित गर्यो।
१६० हर्सपावर र ३९० एनएम टर्क क्षमतासहितको भएको टुनल्यान्ड G7 ले अफ-रोड यात्रा क्रममा प्रभावशाली प्रदर्शन गर्यो। R18 टायरले हिलो र ढुङ्गामा उत्कृष्ट ग्रिप प्रदान गरे भने, २२५ मिमि ग्राउन्ड क्लियरेन्सले विभिन्न अवरोधहरू सहजै पार गर्न सक्षम बनायो। यसमा समावेश हिल होल्ड र हिल डिसेन्ट कन्ट्रोल जस्ता एडभान्स्ड फिचरहरूले अत्यन्तै ठाडो उकालो र ओरालोहरूमा पनि गाडीलाई सजिलै नियन्त्रणमा राख्न मद्दत गर्यो। कठिन उकालो मार्गहरूमा समेत G7 को यात्रा सहज, नियन्त्रणयोग्य र विश्वसनीय रहनुले यसको इन्जिनियरिङ क्षमताको प्रमाण दिन्छ।
बाहिरबाट शक्तिशाली देखिने टुनल्यान्ड G7, भित्री डिजाइन र सुविधाका हिसाबले भने अत्यन्तै आरामदायक र प्रिमियम अनुभव प्रदान  गर्छ। चुनौतीपूर्ण यात्राको दौरान, प्यानोरामिक सनरूफ, तातो–चिसो मिलाउन सकिने १२ मोडमा मिलाउन सकिने इलेक्ट्रिक सिट, १२.३ इन्च टचस्क्रिन, स्मार्ट पुश–स्टार्ट र अटोमेटिक एसी लगायतका प्रिमियम फिचरहरूको भरपुर उपयोग गर्दै यात्राको रोमाञ्चकता थप अनुभूत गरेका थिए। यस्ता सुविधाहरूले कठिन यात्रा सहज र स्मरणीय बनाए, जसले यात्रुहरूमा टुनल्यान्ड G7 प्रतिको आत्मविश्वास र सन्तुष्टि झनै बढाएको थियो।
यो ऐतिहासिक यात्रा नेपालमै सञ्चालन गरिएको विस्तृत परीक्षण अभियानको एक महत्त्वपूर्ण हिस्सा थियो। यसको मुख्य उद्देश्य केवल शोरुममा गाडी प्रदर्शन गर्नु होइन, प्रत्यक्ष रूपमै गाडीको क्षमताको प्रमाण देखाउनु थियो। विशेष गरी विश्वका कठिनतम भूभागहरूका लागि डिजाइन गरिएको टुनल्यान्ड G7 ले आफूलाई केवल सक्षम पिकअपको रूपमा मात्र होइन, नेपालमा ४x४ पिकअपको परिभाषा नै पुनः निर्धारण गर्ने सवारीको रूपमा स्थापित गरिरहेको छ। यसले भरपर्दो शक्ति, उच्च प्रदर्शन क्षमता र व्यावहारिकतासँगै कठिन भौगोलिक क्षेत्रहरूमा समेत उत्कृष्ट अनुभव प्रदान गर्ने स्पष्ट सङ्केत दिएको छ।
 
२३ दिनमै देशभरिका ८ अत्यन्तै कठिन अफ-रोड ट्रेल पार गर्ने विश्वकै पहिलो पिकअप
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
                                                                                                                    Nepal Telecom
                                                                     01-4210283
                                                                
                                                                
                                                                     Bhadrakali Plaza, Kathmandu Nepal
                                                                
                                                                
                                                                     https://www.ntc.net.np/
                                                                
                                                            
                                                                                                                    Ncell Axiata Limited
                                                                     +977 980 555 4444
                                                                
                                                                
                                                                     Lainchaur, Kathmandu
                                                                
                                                                
                                                                     https://www.ncell.axiata.com/en
                                                                
                                                            
        
            
    
    