सरिना जी ट्रेड प्रालिले नेपालमा नयाँ विद्युतीय ट्याक्सी ईभीईजी को बुकिङ खुला गरेको छ। ४१ लाख ५० हजार रुपैयाँ पर्ने यो ट्याक्सी बुकिङका लागि ग्राहकले १ लाख १ हजार रुपैयाँ भुक्तानी गर्न सक्नेछन्। बिहीबार आयोजित एक कार्यक्रममा कम्पनीले यसबारे जानकारी दिएको हो।
ईभीईजी ट्याक्सीमा ४९ किलोवाट आवरको ब्याट्री प्याक र ९९ किलोवाट क्षमताको मोटर जडान गरिएको छ। यसले सिंगल चार्जमा ४३० किलोमिटरको रेन्ज दिने दाबी गरिएको छ। डिसी फास्ट चार्जरले ३० मिनेटमा ३० देखि ८० प्रतिशत चार्ज गर्ने र फुल चार्जका लागि एसी चार्जरले ९ घण्टा तथा डिसी चार्जरले १ घण्टा १५ मिनेट लिने बताइएको छ।
आधुनिक फिचरले सज्जित यो ट्याक्सीमा डुअल जोन एसी, क्रुज कन्ट्रोल, रिजेनेरिटिभ ब्रेकिङ, ट्रयाक्सन कन्ट्रोल, र टायर प्रेसर मोनिटरिङ सिस्टम जस्ता विशेषता समावेश गरिएको छ। ४१० लिटरको बुट स्पेससहित सेफ्टि फिचरमा दुई एयरब्याग, एबिएस, रियर पार्किङ सेन्सर, र हिल असिस्ट कन्ट्रोल रहेको छ। कम्पनीले ब्याट्रीमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर र मोटरमा ३ वर्ष वा ६० हजार किलोमिटरको वारेन्टी उपलब्ध गराएको छ।
शक्तिशाली फिचर र आकर्षक लुक्ससहित ईभीईजी ट्याक्सीको बुकिङ सुरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%

प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories

Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en