नेपालमा हुन्डाई सवारीसाधनको एक मात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले धनगढीमा क्रेटा इभी सार्वजनिक गर्दै विशेष अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। दिनेश फोर हुईल्स् प्रा. लि. (हुन्डाईको आधिकारिक डिलर) को आयोजनामा होटेल फ्लोरा, छटकपुर, धनगढीमा सम्पन्न कार्यक्रममा उल्लेखनीय सहभागिता र ग्राहकहरूको उत्साहजनक प्रतिक्रिया प्राप्त भएको कम्पनीले जनाएको छ।
कार्यक्रममा हुन्डाईका नयाँ क्रेटा इभीसहित अन्य मोडलहरूको समेत प्रदर्शनी गरिएको थियो। सहभागी ग्राहकहरूले विद्युतीय गाडीप्रतिको चासो र विश्वास व्यक्त गर्दै कम्पनीको सेवा, प्राविधिक पक्ष र दीर्घकालीन सपोर्टबारे प्रत्यक्ष संवाद गर्ने अवसर प्राप्त गरेका थिए।
लक्ष्मी इन्टरकन्टिनेन्टलका अनुसार, क्रेटा इभीको आगमनले विद्युतीय सवारीप्रतिको आम दुबिधा हटाउँदै प्रस्ट निर्णय लिन ग्राहकहरूलाई सघाउनेछ। क्रेटा इभी र पेट्रोल मोडल दुवैमा एउटै प्लेटफर्म प्रयोग गरिएकाले सेवापछि सुविधा सहज हुने कम्पनीको दाबी छ।
साथै, कम्पनीले विद्युतीय सवारीको इकोसिस्टम मजबुत बनाउन हालसम्म देशभर ६६ स्थानमा आरइ ल्याक्स तथा डिसी चार्जर सञ्चालनमा ल्याइसकेको जनाएको छ।
कम्पनीको उच्च व्यवस्थापन टोलीले देशका विभिन्न सहरमा डिलरहरूसँग प्रत्यक्ष भेटघाट गर्दै ग्राहकहरूसँगको सम्बन्ध अझ सुदृढ बनाउने अभियान समेत जारी राखेको छ।
कार्यक्रममा सहभागी सम्पूर्ण महानुभावप्रति लक्ष्मी इन्टरकन्टिनेन्टल र दिनेश फोर हुईल्स् धनगढीले हार्दिक आभार व्यक्त गरेका छन्। साथै कम्पनीले राष्ट्रको सफा र स्मार्ट भविष्य निर्माणमा योगदान पुर्याउने लक्ष्यसहित ग्राहकहरूसँगको सहकार्यलाई अझ बलियो बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।
 
धनगढीमा हुन्डाई क्रेटा इभी सार्वजनिक, विद्युतीय सवारीप्रति उत्साह
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
                                                                                                                    Nepal Telecom
                                                                     01-4210283
                                                                
                                                                
                                                                     Bhadrakali Plaza, Kathmandu Nepal
                                                                
                                                                
                                                                     https://www.ntc.net.np/
                                                                
                                                            
                                                                                                                    Ncell Axiata Limited
                                                                     +977 980 555 4444
                                                                
                                                                
                                                                     Lainchaur, Kathmandu
                                                                
                                                                
                                                                     https://www.ncell.axiata.com/en
                                                                
                                                            
        
            
    
    