नबिल बैङ्क लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । प्रतिकित्ता एक हजार रुपैयाँका दरले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न थालेको हो ।
बैङ्कले बिक्रीमा ल्याउन कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई र एक अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्ने नबिल बैङ्क बताएको छ । सर्वसाधारणलाई छुट्टाइएको १२ लाख कित्ता मध्य पाँच प्रतिशत अर्थात् ६ करोड रुपैयाँ बराबरको ६०,००० कित्ता सामुहिक कोषका लागि समेत समावेश गरेको सो बैङ्कले जनाएको छ ।
सर्वसाधारणले न्यूनतम २५ कित्ता देखि अधिकतम १२ लाख कित्तासम्म लगानी गर्न सक्ने सो सात वर्षे ऋणपत्रमा लगानी कर्ताले ९ प्रतिशतको ब्याजदर पाउने नबिल बैङ्कले जनाएको छ । सो ऋणपत्र २९ मङ्सिर देखी छिटोमा ३ पुससम्म र ढिलोमा १३ पुससम्म खुला गर्ने सो बैङ्कले जनाएको छ ।
नबिल बैङ्कले ल्यायो ‘नबिल डिवेन्चर २०८७’, ब्याज ९ प्रतिशत पाउने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
