रामपुर नगरपालिकाले अब वडा कार्यालयबाटै मालपोतको राजस्व सङ्कलन गर्ने भएको छ ।
मालपोत कार्यालयको राजस्व बुझाउन नगरपालिकाको कार्यालयमै धाउनुपर्दा नागरिकले निकै सास्ती खेप्नुपरेपछि वडा कार्यालयबाटै राजस्व सङ्कलन गरिने नगरप्रमुख रमणबहादुर थापा बताउनुहुन्छ ।
“थोरै रकमका लागि मालपोतको राजस्व बुझाउन गाडी भाडा खर्चेर र धेरै समय लगाएर नगर कार्यपालिकाको कार्यालयमा आउनुपरेको छ”, उहाँ भन्नुहुन्छ, “अब नगरपालिकाबाट लिँदै आएको मालपोतको राजस्व सबै वडा कार्यालयबाट लिइनेछ ।”
रु एक सय पनि मालपोतको राजस्व बुझाउनु नपर्ने नगरको केन्द्रदेखि टाढाका वडाका नागरिक एक दिनको समय बिताएर गाडी भाडा खर्चेर नगरपालिका पुग्नुपर्ने काम वडाबाटै हुने भएपछि धेरै सजिलो हुने रामपुर–२ बस्ने सीता जिसी बताउनुहुन्छ । वडाबाट हुने विभिन्न सिफारिस र घटना दर्ताको मात्रै राजस्व सङ्कलन गरिरहेको वडा कार्यालयले अब मालपोतको राजस्व पनि सङ्कलन गर्ने भएको छ ।
वडाबाटै मालपोतको राजस्व सङ्कलन गरिँदै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
