समग्र रेमिटेन्स कम्पनीहरू मध्ये आइएमई लिमिटेड सबैभन्दा बढी आयकर तिर्ने कम्पनीको रूपमा सम्मानित भएको छ ।
राष्ट्रिय कर दिवस २०८० का अवसरमा बिहीबार काठमाडौँमा आन्तरिक राजश्व विभागद्वारा आयोजित विशेष समारोहमा अर्थ मन्त्री डा. प्रकाशशरण महतबाट आइएमई ग्रुपका प्रबन्ध निर्देशक र आइएमई लिमिटेडका संस्थापक तथा सञ्चालक हेम राज ढकालले उक्त सम्मान ग्रहण गर्नुभएको हो ।
आर्थिक वर्ष २०७८/७९ मा विभिन्न १६ विधामा सर्वाधिक आयकर तिर्ने कम्पनीहरूमध्ये रेमिटेन्स तर्फ आइएमई लिमिटेडले सबैभन्दा बढी आयकर बुझाउन सफल भएको थियो ।
सन् २००१ मा स्थापित आइमईले नेपालको समग्र रेमिटेन्स क्षेत्रलाई संस्थागत तुल्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेको छ । आइएमई लाई बैङ्किङ सञ्जाल मार्फत विदेशी मुद्रा नेपाल भित्र्याएर औपचारिक अर्थतन्त्रको विकासमा उल्लेख्य योगदान गरेको मुख्य श्रेय जान्छ । यसैको सम्मान स्वरूप विभिन्न राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय सम्मानहरूबाट आइएमई सम्मानित हुँदै आएको छ ।
साधारण सेयर निष्कासन गर्ने तयारी गरिरहेको आइएमई सबैभन्दा बढी आयकर तिर्ने कम्पनीका रूपमा यसभन्दा अघि पनि पटक पटक सम्मानित हुँदै आएको छ ।
आइएमई सबैभन्दा बढी कर तिर्नेमा सम्मानित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
