नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषका आवासीय प्रतिनिधि टेरेसा सान्चेजबीच शुक्रवार महासङ्घ सचिवालयमा औपचारिक भेटवार्ता भएको छ ।
उक्त भेटवार्तामा अध्यक्ष ढकालले दुई संस्थाबिच विद्यमान आर्थिक मन्दीको अवस्थाबाट अर्थतन्त्रको सुधारका लागि कोषले सहयोग गर्नुपर्ने बताउनुभयो ।
बजारमा माग सिर्जना गर्न आगामी मौद्रिक नीतिले ब्याजदर घटाउने, चालु पुँजी कर्जा मार्गदर्शनको परिमार्जन एवं कर्जाको पुनर्संरचना, पुर्न तालिकीकरण पुर्न कर्जा सुविधा दिनुपर्नेमा महासङ्घले राष्ट्र बैङ्कसँग आग्रह गरिरहेको बताउनुहुँदै अध्यक्ष ढकालले यसमा अन्तर्राष्ट्रिय मुद्रा कोषको पनि सहयोग आवश्यक रहेको बताउनुभयो ।
सो अवसरमा आवासीय प्रतिनिधि टेरेसा सान्चेजले महासङ्घका अध्यक्षले राख्नुभएका विषयलाई आफूले महत्वका साथ लिएको बताउनुभयो । साथै यस विषयमा थप छलफल गर्ने र आर्थिक स्थायित्वका लागि सहकार्य गर्ने बताउनुभयो ।
महासङ्घका अध्यक्ष र अन्तर्राष्ट्रिय मुद्रा कोष आवासीय प्रतिनिधिबिच भेटवार्ता, विद्यमान अर्थतन्त्रको सुधारका लागि सहकार्यमा जोड
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
