थाइल्यान्डको राष्ट्रिय ध्वजावाहक थाई एयरवेज इन्टरनेसनलले काठमाडौँ–ब्याङ्कक उडान पुनः सुरु गरेको छ । कोभिड–१९ का कारण काठमाडौँको उडान बन्द गरेको कम्पनीले पुनः उडान सुरु गरेको हो । कम्पनीले कोभिडका कारण २५ मार्च २०२० देखि काठमाडौँ गन्तव्यको उडान बन्द गरेको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार थाई एयरवेजले हिजोदेखि उडान पुनः सुरु गरेको छ । यसअघि थाइल्यान्डको आन्तरिक उडानमा रहेको थाई स्माइलले गर्दै आएको काठमाडौँ उडान भने बन्द भएको छ । थाई स्माइल थाइल्यान्डको आन्तरिक उडानमा थियो । थाई एयरवेजले सन् १९६८ को डिसेम्बरमा नेपालमा पहिलो पटक उडान सञ्चालन गरेको थियो । कम्पनीले नेपालको उड्डयन इतिहासमा लामो समय उडान गरेको छ ।
कोभिडपछि अन्तर्राष्ट्रिय उडान पुरानै लयमा फर्किएको विमानस्थल कार्यालयले जनाएको छ । गत असोज ३० गते हालसम्मकै सर्वाधिक उडान दुईतर्फी एक सय १३ उडान भएको थियो । कात्तिकको पहिलो साता एक सय १० हाराहारी उडान भएको थियो । ‘विन्टर सिजन’ अन्तर्राष्ट्रिय उडानको बढी माग आएको र एयर ट्राफिक व्यवस्थापनलाई मिलाएर उडान सहजीकरण गरिने विमानस्थलका महाप्रबन्धक तिवारीले बताउनुभयो । नेपालमा तीन नेपालीसहित ३० वायुसेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।
थाई एयरले पुनः थाल्यो काठमाडौँ–ब्याङ्कक उडान
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
