चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा नेपालले १७ लाख २५ हजार रुपैयाँको टुथपिक (दाँत कोट्याउने सिन्का) आयात गरेको छ । २०७९ साल साउन, भदौ र असोज महिनामा नेपालले उक्त मूल्य बराबरको टुथपिक आयात गरेको हो । भन्सार विभागका अनुसार सो अवधिमा नेपालमा विभिन्न देशबाट ५ हजार २८८ केजी टुथपिक भित्रिएको छ । पछिल्लो तीन महिनामा चीन र थाइल्यान्डबाट नेपालले टुथपिक आयात गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा नेपालले १ करोड २ लाख ४१ हजार रुपैयाँको टुथपिक आयात गरेको थियो ।
नेपालीले तीन महिनामा १७ लाख २५ हजारको ‘टुथपिक’ले दाँत कोट्याए
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
