यस वर्षको नियोजित सम्मेलनको आधार निर्माण गर्दै आफ्नो सबैभन्दा ठुलो व्यापारिक साझेदारसँगको जोखिम व्यवस्थापनको खोजीमा युरोपेली युनियन (इयु) का विदेश नीति प्रमुख जोसेप बोरेल बिहीबार चीन आइपुग्नुभएको छ ।
इजरायल र हमास बिच युद्ध सुरु भएको केही दिनपछि यो भ्रमण भएको छ । उक्त युद्धले बोरेललाई युरोपेली विदेश मन्त्रीको आपत्कालीन बैठक गर्न प्रेरित गरेको थियो । चीनले सबै पक्षलाई ‘युद्ध बिराम’ गर्न आह्वान गरेको छ ।
बोरलको सो भ्रमणमा चिनियाँ विदेश मन्त्री वाङ यीसँगको वार्ता हुनुका साथै द्विपक्षीय सम्बन्ध, विश्वव्यापी चुनौतीहरू र व्यापारलगायतका मुद्दामा छलफल हुनेछ ।
इयु–चीन उच्चस्तरीय वार्ताको पछिल्लो शृङ्खलामा यो भ्रमण यस वर्षको अन्त्यमा इयु–चीन शिखर सम्मेलनसँगै सम्पन्न हुनुपर्ने इयुले बताएको छ ।
“मेरा समकक्षी विदेश मन्त्री वाङ यीसँग इयु–चीन रणनीतिक वार्ताको सह–अध्यक्षता गर्न भर्खरै चीनमा ओर्लिएको छु”, बोरेलले ट्विटरमार्फत भन्नुभयो, “सरकारी अधिकारीहरू, विद्वान र व्यावसायिक प्रतिनिधिहरूसँग इयु–चीन सम्बन्ध तथा प्रमुख क्षेत्री र विश्वव्यापी चुनौतीहरूमा छलफल गर्न यो भ्रमण महत्त्वपूर्ण छ ।”
गत फेब्रुअरीमा युक्रेनमाथि रुसी आक्रमणपछि इयु र चीन बिचको सम्बन्ध तनावपूर्ण छ । उक्त युद्धलाई चीनले भर्त्सना गर्न छाडेको छ ।
शिखर सम्मेलनअघिको वार्ताका लागि इयु विदेश नीति प्रमुख चीनमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%

प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories

Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en