शिवम सिमेन्ट्स लिमिटेडले यही पौष २९ गते शनिबारकाे दिन ७ औँ वार्षिक साधारण सभा गर्ने भएको छ। कम्पनीले साधारण सभाको प्रयोजनको लागि पौष २० गते एक दिनको लागि बुक क्लोज गर्ने जानकारी दिएको छ। सो आधारमा पौष १९ गतेसम्म (आज सम्म) कायम शेयरधनीले वार्षिक साधारण सभामा भाग लिन सक्नेछन् ।
कम्पनीले साधारण सभा सामना हाेटल, हेटौँडा उप-महानगरपालिका, बैँकराेड, मकवानपुरमा बिहान १०:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।
सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने आ.व २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गर्ने र त्यसै गरी आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ ।
सभाले आ.व २०७८/०७९ को वासलात तथा नाफा नोक्सान हिसाब, सम्बन्धित अवधिको नगद प्रवाह विवरण लगायतका विवरणहरू पारित गर्नेछ ।
कम्पनीको सञ्चालक समितिको बैठकले आ. व. २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट कायम चुक्ता पुँजीको १०.५३ प्रतिशतले हुन आउने रकम रु. ४६ करोड ३३ लाख २० हजार बराबरको नगद लाभांश (कर प्रयोजनार्थ समेत ) आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव पनि सोही सभाले पारित गर्नेछ ।
 
शिवम सिमेन्ट्सकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    